बाघको आक्रमण हुँदा एकजना बेपत्ता
चितवन, चैत २६ : बाघको आक्रमणबाट एकजना बेपत्ता भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका...
चितवन, चैत २६ : बाघको आक्रमणबाट एकजना बेपत्ता भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजेर ५ मिनेट जाँदा घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो।
बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीले जानकारी दिए। खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ।
प्रकाशित मिति: १२:२५ बजे, शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












