Kathmandu Press

टिपर दुर्घटनामा एकजनाको मृत्यु

काठमाडाैं, चैत २६ : काठमाडौँको नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे...
टिपर दुर्घटनामा एकजनाको मृत्यु

काठमाडाैं, चैत २६ : काठमाडौँको नाङ्लेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

शङ्खरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा४ख ६३७९ नम्बरको टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर  बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ। बाँस्कोटा टिपरका सहचालक हुन्।

प्रकाशित मिति: १२:२१ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्