Kathmandu Press

चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनले कैलालीमा बनायो कार्यदल

कैलाली, चैत २६ : स्थानीय तहको निर्वाचमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलले कैलालीमा चुनावी तालमेल मिलाउन कार्यदल गठन गरेका छन्।...
चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनले कैलालीमा बनायो कार्यदल

कैलाली, चैत २६ : स्थानीय तहको निर्वाचमा गठबन्धन गरेर जाने सहमति गरेका सत्तारुढ पाँच दलले कैलालीमा चुनावी तालमेल मिलाउन कार्यदल गठन गरेका छन्। धनगढीमा शुक्रबार बसेको पाँच दलको बैठकले गठन गरेको हो।

कार्यदलमा नेपाली कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेकपा एकीकृत समाजवादीका जिल्ला इञ्चार्ज दीर्घबहादुर सोडारी, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज हरि ज्ञवाली, राष्ट्रिय जनमोर्चाका जगतप्रकाश जोशी र जनता समाजवादीका होरीलाल चौधरी छन्।

Hardik ivf

चैत २७ गते कार्यदलको बैठक बसेर चुनावी तालमेलका बारेमा थप छलफल गरिने बताइएको छ। स्थानीय निर्वाचनमा साझा उम्मेदवगार छान्न सकस भएपछि कार्यदल गठन गरिएको हो ।

केन्द्रमा पाँच दलबीच भएको सहमतिबमोजिम जिल्लामा चुनावी गठबन्धन बनाएर कसरी जान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको भए पनि सहमति जुट्न नसकिरहेको कांग्रेस जिल्ला सचिव नृप सुनारले बताए ।

अघिल्लो स्थानीय निर्वाचनमा कैलालीमा एमालेले ७, कांग्रेसले ३, माओवादी केन्द्रले २ तथा  र एक तहमा तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिक विजयी भएको थियो ।

प्रकाशित मिति: ११:१० बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्