Kathmandu Press

प्रहरीलाई प्रधानमन्त्री ओलीले भने–पार्टी र पद नहेरी अनुसन्धान गर्नुस्

काठमाडौं, असोज २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधमा संलग्न जो सुकैलाई पनि कानूनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएका छन्।

६....

प्रहरीलाई प्रधानमन्त्री ओलीले भने–पार्टी र पद नहेरी अनुसन्धान गर्नुस्

काठमाडौं, असोज २४ : प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधमा संलग्न जो सुकैलाई पनि कानूनको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिएका छन्।

६४ औं प्रहरी दिवसका अवसरमा शुक्रबार प्रहरी प्रधान कार्यालयले आयोजना गरेको कार्यक्रममा  प्रधानमन्त्री ओलीले  गैरकानूनी काम गर्ने जुनसुकै पार्टी र जुनसुकै पदको भए पनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेको घटनाबारे भने प्रधानमन्त्री ओलीले कुनै प्रतिक्रिया दिएनन्। तर, घुमाउरो भाषामा प्रधानमन्त्री ओलीले भने,‘ गैरकानूनी काम गर्ने जुनसुकै पार्टी र जुनसुकै पदको भए पनि अनुसन्धानको दायरामा ल्याउनुस्। तपाईंहरुले अरु कसैले भने अनुसार होइन कानूनले भने अनुसार काम गर्नु पर्दछ।’ 

प्रधानमन्त्री ओलीले देशमा राजनीतिक संघर्षको युग सकिएर विकास र समृद्धिको युग सुरु भएको स्मरण गर्दै यसबेला विभिन्न बहानामा समाजमा हिंसा भड्काउन खोज्नेहरुसँग सरकार मुकदर्शक नबन्ने बताए। 

‘आर्थिक उन्नति र विकासको अभियान सुरु भएको समयमा गलत मनशायका साथ हिंसाको बाटोमा लागेका र जनतालाई शान्तिसँग बस्न नदिनेहरु असंवैधानिक र देशद्रोही हुन्,’उनले भने,‘उनीहरुका अघि सरकार मुकदर्शक बन्दैन। कानून अनुसार कारवाही हुन्छ।’ 

उनले सुशासन कायम गर्नका लागि प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए। समाजमा प्रहरीको बहुआयामिक भूमिका हुने पनि उनको भनाइ छ।

‘समाजमा शान्ति कायम गर्न, सुशासन कायम गर्न, सामाजिक जनचेतना जगाउन प्रहरीको खास भूमिका हुन्छ,’ उनले भने,‘नेपाल प्रहरीकै कारणले समाजमा शान्ति कायम भएको छ र अपराध घटेको छ।’
 

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, असोज २४, २०७६