Kathmandu Press

प्रिमियर लिगमा वुल्भ्समाथि न्युकासलको जित

काठमाडाैं, चैत २६ : इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडले वुल्भ्सलालाई हराएको छ। शुक्रबार राति भएको खेलमा न्युकासलले वुल्भ्समाथि १–०को जित निकालेको हो।पहिलो हाफमा...
प्रिमियर लिगमा वुल्भ्समाथि न्युकासलको जित

काठमाडाैं, चैत २६ : इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडले वुल्भ्सलालाई हराएको छ। शुक्रबार राति भएको खेलमा न्युकासलले वुल्भ्समाथि १–०को जित निकालेको हो।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा ७२औं मिनेटमा क्रिस उडले गरेको गोल नै निर्णायक भयो । गोलपिकर जोसे साले फाउल गरेपछि प्राप्त पेनाल्टीमा उडले गोल गरेका थिए।

खेलमा ५९ प्रतिशत बल पोजेसन बनाएको वुल्भ्सले ५ सट प्रहार गरेकोमा २ सट फ्रेममा थियो । यता, न्युकासलले १२ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

यस जितसँगै ३१ खेलमा ३४ अंक जोडेको न्युकासल १४औं स्थानमा उक्लिएको छ भने ४९ अंकसहित वुल्भ्स आठौं स्थानमा छ।

प्रकाशित मिति: १०:४९ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्