Kathmandu Press

शिक्षकको तलब कर्मचारी सरह बनाउँछौं : शिक्षामन्त्री

काठमाडौं, चैत २६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरू गरिने बताएका छन्।दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक...
शिक्षकको तलब कर्मचारी सरह बनाउँछौं : शिक्षामन्त्री

काठमाडौं, चैत २६ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरू गरिने बताएका छन्।

दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरू गरिने बताए। उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानध्यापक र शिक्षकको मुख्य भूमिका हुने पनि उल्लेख गरे।

Hardik ivf

'हाम्रो परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल लग्यौँ भने उसको जीवन डाक्टरको हातमा हुन्छ,' मन्त्री पौडेलले भने, 'आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानध्यापक र शिक्षकको हातमा बढी छ।’'

उनले लोकसेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवा सुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताए। 'विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौं,' उनले भने।

सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नुभन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायको रुपमा अघि बढाउनुपर्ने सुझाव दिँदै मन्त्री पौडेलले भने, 'पेशालाई मर्यादित बनायौँ भने शैक्षिक सुधार आफैँ हुन्छ।’

शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभइ सेवा प्रदान गर्ने पेशा भएको उनको भनाइ छ। निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्री पौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभाककसँग नियमित छलफल र मेहनत पनि गर्नुपर्ने बताए। (रासस)

प्रकाशित मिति: ०६:३८ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्