Kathmandu Press

पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले एक बर्षमा के–के गर्‍यो ? (सुचीसहित) 

काठमाडौं, चैत २५  : नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले एक बर्षभित्र गरेका महत्वपूर्ण उपलब्धिहरू सार्बजनिक गरेको छ ।महासंघ प्रदेश संरचनामा गएपछिको दोस्रो...
पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले एक बर्षमा के–के गर्‍यो ? (सुचीसहित) 

काठमाडौं, चैत २५  : नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले एक बर्षभित्र गरेका महत्वपूर्ण उपलब्धिहरू सार्बजनिक गरेको छ ।

महासंघ प्रदेश संरचनामा गएपछिको दोस्रो कार्यसमितिले आज कार्यकालको पहिलो वर्ष पुरा गरेको सन्दर्भमा आफूले गरेका महत्वपूर्ण उपलब्धिहरू सार्बजनिक गरेको हो । समितिका अध्यक्ष वैकुण्ठराज पराजुलीले आज एक बिज्ञप्ति जारी गर्दै विभिन्न  १५ बुँदामा महत्वपूर्ण उपलब्धिहरू राखेका छन् ।

जसमा पत्रकारहरूलाई पहिलो र दोस्रो डोजको खोप उपलब्ध गराउन सफल भएको, ६ जना विधागत पत्रकारहरूलाई पहिलोपटक ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार समेत प्रदान गरेको, एसोसिएट संस्थाहरूको पहिलोपटक राष्ट्रिय सम्मेलन गर्न सफल भएको  लगायतका बुँदाहरु समेटिएका छन् ।

Hardik ivf

यसका साथै पत्रकारका लागि कोरोना महामारीका समयमा थुप्रै कार्यहरु  गरिएको बुँदामा उल्लेख छन् ।

यस्ता छन् बुँदाहरु : 

१.दोस्रो लहर सुरु भएसँगै कोरोना महामारीबीच प्रदेश अन्तर्गतका पत्रकार साथीहरूको स्वास्थ्य सुरक्षामा केन्द्रित रहँदै महासंघ केन्द्रसँगको समन्वयमा पत्रकारहरूलाई कार्यस्थलसम्मै पुगेर समेत न्यूनतम सुरक्षाका सामग्रीहरू वितरण ।

२.कोरोनाकालमा आपतकालिन सहजिकरण समिति स्थापना गरेर स्वास्थ्य सामाग्रीसँगै आवश्यक साथीहरूलाई घरमै पुगेर खाद्धान्न सहितको राहत उपलब्ध ।

३.कोरोनाको जोखिम उच्च भएसँगै कोरोना विरुद्धको खोपको लागि निरन्तर सक्रिय रहेर केन्द्रसँगको समन्वय र नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र उपत्यका प्रदेशसहितको समन्वयमा प्रदेशमा आवद्ध यसअघि खोप लगाउन छुटेका ५ सय बढी पत्रकारहरूलाई पहिलो र दोस्रो डोजको खोप उपलब्ध गराउन सफल ।

४.कोरोनाको संकटसँग जुद्धै निरन्तर सुचना प्रवाहमा सक्रिय पत्रकारहरूको मनोवल उच्च बनाउने उद्देश्यले चलचित्र निर्माता रमेश एमके पौडेलबाट १ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त गर्न सफल भयौं । प्रदेश समितिलाई कुनै पनि निकायबाट प्राप्त भएको सिधा सहयोग यो पहिलो थियो ।

५.कोरोना महामारीका बीच संकटमा सक्रिय पत्रकारहरूलाई पुरस्कार घोषणा । 'संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार'बाट विभिन्न विधामा प्रतिनिधित्व गर्ने ६ जना पत्रकारहरूलाई १० हजार नगदसहित पुरस्कार प्रदान ।

 ६.एसोसिएट संस्थाहरूको प्रवेशसँगै नेपाल पत्रकार संघ महासंघीय संरचनामा गएको करीब साढे दुई दशकपछि पहिलोपटक ऐतिहासिक रूपमा एसोसिएट संस्थाहरू, पत्रकार महासंघमा हालसम्म एसोसिएटबाट प्रतिनिधित्व गरेका पूर्व पदाधिकारी, हालको केन्द्रीय पदाधिकारी, एसोसिएट प्रदेशको संस्थापक अध्यक्ष, प्रदेश अन्तर्गतका अग्रज र विज्ञ पत्रकारहरूसहित १ सय बढी पत्रकारहरूको उपस्थितिमा 'प्रथम राष्ट्रिय सम्मेलन' काभ्रे जिल्लाको धुलिखेलमा गर्न सफल ।

७.उक्त सम्मेलनले केन्द्रीय पदाधिकारीहरूकै रोहबरमा एसोसिएट प्रदेशलाई महासंघको बलियो खम्बाका रुपमा स्थापित गराउन महासंघ केन्द्रको संरचनामा विधान संसोधन गरेर सर्वसम्मतिले एसोसिएट उपाध्यक्ष माग ।

८.सम्मेलनले विधान संसोधनबाट एसोसिएट पदाधिकारीलाई एसोसिएट प्रदेश अन्तर्गतका पत्रकारहरूले मात्रै मत दिन पाउने लगायतका विभिन्न प्रावधान उल्लेख गर्ने निर्णय लिन सफल हुँदै महत्वपूर्ण '१२ बुँदे धुलिखेल घोषणापत्र' जारी गर्‍यो ।

९.राष्ट्रिय सम्मेलनबाटै पहिलोपटक एसोसिएट संस्थामा आवद्ध अग्रज पत्रकारहरूलाई सम्मानको प्रावधान स्थापित । धुलिखेलमा माननीय अर्थमन्त्री जनार्धन शर्माको उपस्थितिमा ७० वर्ष कटेका ५ अग्रजलाई  दोसल्ला र ताम्रपत्रले सम्मान ।

१०.एसोसिएट प्रदेशलाई विधागत पत्रकारहरूको छाता संस्था बनाउने उद्देश्य बमोजिम विधागत पत्रकारितामा संलग्न पत्रकार र उनीहरू आवद्ध संस्थाहरूबीच निरन्तर छलफल । हालसम्म आवद्धता मागसहित 'कृषि पत्रकार समाज नेपाल'बाट आवेदन प्राप्त भइसकेको छ । अन्य संस्थाहरूसँग निरन्तर संवाद जारी छ ।

११.श्रमजिवी पत्रकारहरूको पेशागत सुरक्षा र प्रेस स्वतन्त्रता अनुगमनका लागि महासंघको केन्द्रीय विभाग 'प्रेस स्वतन्त्रता अनुगमन तथा श्रमजीवी पत्रकार हित प्रवर्धन विभाग'मा पहिलोपटक प्रदेश समितिको प्रतिनिधित्व ।

१२.श्रमजिवी पत्रकारहरूले पारिश्रमिक नपाएर आन्दोलनमा उत्रिनुपरेको अवस्थामा श्रम समस्या समाधानको लागि केन्द्रीय समितिसँग निरन्तर सहकार्य, आन्दोलनमा अग्रणी भुमिका खेल्न सफल ।

१३.संघीयताको मर्म र भावना विपरीत प्रदेश समितिलाई कमजोर बनाउने गरि केन्द्रबाट विधान विपरीत प्रादेशिक समन्वय समिति गठन गर्ने निर्णयमा खबरदारी । अन्य सबै प्रदेशहरूको समन्वयमा विधान बाहिर गएर गरिएका निर्णय संसोधनको माग ।

१४.प्रेस काउन्सिल नेपालसँगको सहकार्यमा राजधानीमा एसोसिएट संस्थाहरूमा आवद्ध पत्रकारहरूको उपस्थितिमा 'पत्रकार आचारसंहिता जागरण एवं मिडियाप्रतिको जनगुनासो' कार्यक्रम गर्न सफल । यसअघि धुलिखेलमा महासंघ केन्द्रको सहयोगमा 'पत्रकार आचारसंहिता' कक्षा आयोजना ।

१५.पत्रकारिताका दौरान पत्रकारहरूमाथि विभिन्न निकायबाट भएका दमन, प्रेस स्वतन्त्रता विरोधी गतिविधिमा नितन्तर खबरदारी ।

 

प्रकाशित मिति: १९:२४ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्