Kathmandu Press

माइती नेपालको ३० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, चैत २५ : माइती नेपालको ३० औं वार्षिकोत्सव आज (शुक्रबार) सम्पन्न भएको छ । उक्त अवसरमा माइती नेपालले चैत १७ देखि २५...
माइती नेपालको ३० औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं, चैत २५ : माइती नेपालको ३० औं वार्षिकोत्सव आज (शुक्रबार) सम्पन्न भएको छ । उक्त अवसरमा माइती नेपालले चैत १७ देखि २५ गतेसम्म विभिन्न कार्यक्रमहरू समेत सञ्चालनमा ल्याएको थियो ।

१७ गते ‘मानव बिरुद्ध सँगै हिडौं, प्रतिबद्ध रहौँ, मानव बेचबिखन बिरुद्धको अभियानमा एक्यबद्धता जनाऔँ’ भन्ने नाराको सहित वाकाथुनको आयोजना गरिएको थियो । 

Hardik ivf

उक्त वाकाथुन चुच्चेपाट्टीवाट चावहिल, जयबागेश्वरी, गौशाला हुदै माइती नेपालको कार्यालयमा प्रभावितहरुको लागि खाद्यान्न सामाग्री वितरण गरी सम्पन्न गरिको थियो । भने चार सय जना महिलाहरूको सहभागीता रहेको माइती नेपालले जनाएको छ । 

नौ दिनसम्ममा महिला हिंसा, बालबालिका, मानव बेचबिखन, गरिबी, रोजगारी लगायत मनोरञ्जनात्मक कृयाकलापका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको माइती नेपालले जनाएको छ । माइती नेपालको कार्यकारी निर्देशक विश्वराम खड्काले आगामी दिनमा माइती नेपालको गतिबिधिहरूलाई अझ पस्किृत गर्दै अगाडी बढाउने बताए ।

यस्तै, माईती नेपालकी सस्थापक एवं अध्यक्ष अनुराधा कोईरालाले माइती नेपालबाट लाभन्वित बाल बालिकाहरूको बिभिन्न बिद्यामा सृजनात्मक कलाहरू रहेको र आगामी दिनमा अझै त्यसलाई तिखार्नको लागि थप पहल गरिने बताउँछिन् । साथै माइती नेपालको कार्यक्षेत्रलाई थप परिस्कृत र सशक्त रुपमा अगाडि बढाउने प्रतिबद्धता समेत जाहेर गरेकी छन् ।
 

प्रकाशित मिति: १८:५७ बजे, शुक्रबार, चैत २५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्