Kathmandu Press

गण्डकीको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने

पोखरा, चैत २५ : गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज...
गण्डकीको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुने

पोखरा, चैत २५ : गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आज (शुक्रबार) राति १२ बजेबाट अन्त्य हुने भएको छ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज राति १२ बजेदेखि लागु हुनेगरी अधिवेशन अन्त्यको आह्वान गरेका हुन्।


सभामुख नेत्रनाथ अधिकारीले आज बसेको संसद बैठकमा अधिवेशन अन्त्यको सूचना पढेर सुनाए।

यो हिउँदे अधिवेशन गत फागुन २७ गते सुरु भएको थियो। यो धिवेशन अवधिमा आठवटा बैठक सञ्चालन भएको थियो। 

प्रकाशित मिति: १७:१३ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्