सी भ्रमणका लागि आइतबार सार्वजनिक विदा
काठमाडौं, असोज २४ : सरकारले शनिबार र आईतबार हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा आइतबार सार्वजनिक बिदा दिने भएको छ।
बिहिबार बस....
काठमाडौं, असोज २४ : सरकारले शनिबार र आईतबार हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणका क्रममा आइतबार सार्वजनिक बिदा दिने भएको छ।
बिहिबार बसेको मन्त्रिपरिषद बैठकले शनिबार सार्वजनिक विदानै भएकाले आइतबार सार्वजनिक बिदा दिन निर्णय गरेको छ।
सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने गरेको छ । सार्वजनिक विदाले भीभीआईपी भ्रमणमा ट्रफिक व्यवस्थापनमा पनि सहज हुने गरेको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो।
चिनियाँ राष्ट्रपति सी शनिबार दुइ दिने राजकीय भ्रमणका लागि नेपाल आउँदैछन्।
प्रकाशित मिति: १०:५१ बजे, शुक्रबार, असोज २४, २०७६
थप समाचार






