Kathmandu Press

प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

काठमाडौं, चैत २५ : प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा...
प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै

काठमाडौं, चैत २५ : प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको हो। 

आजदेखि सुरु भएको अभियानअन्तर्गत प्रदेशका १४ जिल्लाका १२ लाख ३८ हजार ३८७ बालबालिकालाई खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आगामी वैशाख १८ गतेसम्म सञ्चालन हुने सो अभियानमा १५ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने छ। 

Hardik ivf

प्रदेशका  १३७ पालिकाको नौ हजार ७७८ खोप केन्द्रमा नौ हजार ७६८ स्वास्थ्यकर्मी र १९ हजार ३५० स्वयंसेवकले खोप लगाउने कार्यमा सहयोग पु¥याउने निर्देशनालयका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरको आदर्श उच्च माविमा आयोजित खोप कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्य नै धन हो भन्ने महत्वलाई बुझेर अभिभावक एवं शिक्षकशिक्षिकाले आफ्नो बालबालिकालाई खोप लगाई अभियानलाई सफल बनाउन आग्रह गरे। 

निर्देशनालयका निर्देशक बस्नेत, आदर्श उच्च माविका प्राचार्य सन्तोष पोखरेलले खोपबाट जीवन सुरक्षित हुने भएकाले खोप लगाउनका साथै सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्