Kathmandu Press

जुम्लामा रारा अल्ट्रा म्याराथन

खलङ्गा, चैत २५ : जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु...
जुम्लामा रारा अल्ट्रा म्याराथन

खलङ्गा, चैत २५ : जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु गरिएको हो। 

कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा भएको उक्त म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरे। क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्वबारे बुझाउन तथा खेल संस्कृतिको विकास गर्न म्याराथन सुरु गरिएको बताए। 

Hardik ivf

कीर्तिमानी धावक हरिबहादुर रोकायाले अल्ट्रा म्याराथन पहाडमा दौडिँदै शान्तिको आनन्द लिने माध्यम भएको धारणा राखे। कर्णाली स्पोर्टस् क्लबका अनुसार हालसम्म दौडका लागि ६० जनाले नाम दर्ता गराएका छन्। 

प्रथम हुनेले रु एक लाख २५ हजार, द्वितीयले रु ६२ हजार ५००, तृतीयले रु ३७ हजार ५०० र सान्त्वना पुरस्कार सात जनालाई जनही रु ६ हजार ५०० का दरले प्रदान गरिने छ । जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ मन्दिरबाट चेरे लेक, बुलबुले हँुदै रारातालमा गएर दौड सकिनेछ।  

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्