Kathmandu Press

चितवनका मतदानस्थललाई  तीन तहमा वर्गीकरण

चितवन, चैत २५ : जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थललाई वर्गीकरण...
चितवनका मतदानस्थललाई  तीन तहमा वर्गीकरण

चितवन, चैत २५ : जिल्लामा रहेका १६१ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको छ। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थललाई वर्गीकरण गरेको हो।

प्रमुख जिल्ला अधिकारी अस्मान तमाङका अनुसार पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुन सक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको बताए। समितिको बैठकले ३१ स्थललाई अति संवेदनशील, ८२ लाई संवेदनशील र ४८ स्थललाई सामान्यरुपमा लिइएको छ। प्रमुख जिल्ला अधिकारी तमाङका अनुसार निर्वाचनस्थलको निरीक्षणपछि सो सङ्ख्यामा वर्गीकरण गरिएको हो। अघिल्ला निर्वाचनमा भएका घटनाका आधारमा स्थलको वर्गीकरण गरिएको बताइएको छ। 

Hardik ivf

जिल्लाका सात पालिकामा ४५१ मतदान केन्द्र रहेको छ। केन्द्रमा निर्वाचनका लागि दुई हजार २५५ कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाउनेछ भने प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरुपमा नै नियुक्त गरिने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए। 

उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको छ। यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा वैशाख ३ र ४ गते अधिकृतलाई तालिम दिइनेछ। वैशाख  ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने उनले बताए। यही वैशाखमा हुने निर्वाचनमा जिल्लामा तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन्।

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्