Kathmandu Press

भक्तपुर नगरपालिकामा आजदेखि टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु

काठमाडौं, चैत २५ : भक्तपुर नगरपालिकामा टाइफाइड रोगविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ । टाइफाइड रोगविरुद्धको राष्ट्रिय खोप अभियान २०७८÷७९ अन्तरर्गत रहेर आज (शुक्रबार)...
भक्तपुर नगरपालिकामा आजदेखि टाइफाइड रोगविरुद्धको खोप अभियान सुरु
Hardik ivf

काठमाडौं, चैत २५ : भक्तपुर नगरपालिकामा टाइफाइड रोगविरुद्धको राष्ट्रिय खोप अभियान सुरु भएको छ । 

टाइफाइड रोगविरुद्धको राष्ट्रिय खोप अभियान २०७८÷७९ अन्तरर्गत रहेर आज (शुक्रबार) देखि भक्तपुर नगरपालिकाले पनि उक्त अभियान सञ्चालनमा ल्याएको हो । यस अभियानबाट देशभरका १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिका लाभान्वित हुने नगर प्रमुख सुनिल प्रजापती बताउँछन् । 

खोप अभियानबाट कोही पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले विद्यालयहरुमा खोप केन्द्र तोकिएको उनले जानकारी दिए । यस्तै, ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले पनि १५ महिनादेखि १५ वर्ष मुनिका उमेर समूहका सबै बालबालिकाहरूले आफ्नो विद्यालयको लागि तोकिएको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेका छन्।

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्