Kathmandu Press

हतियारसहित पर्सामा तीन पक्राउ

पर्सा, चैत २५ : पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको...
हतियारसहित पर्सामा तीन पक्राउ

पर्सा, चैत २५ : पर्साको बिन्दवासिनी गाउँपालिका–३ नहरचोकबाट सशस्त्र प्रहरीको टोलीले हतियारसहित तीन जनालाई पक्राउ गरेको छ।

लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए।

पक्राउ पर्नेमा पर्साको पर्सागढी नगरपालिका–५ बस्ने ४१ वर्षीय प्रेम ठाकुर, सोही स्थानका १६ वर्षीय राहुल ठाकुर र सोही स्थानका  ५५ वर्षीय  रामजी ठाकुर रहेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं १३ गणका अनुसार उक्त हतियार मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको थियो।

प्रकाशित मिति: ०८:२८ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्