Kathmandu Press

टाइफाइडविरूद्ध खोप लगाउन काठमाडौंमा ६ सय केन्द्र

काठमाडौं, चैत २५ : बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन काठमाडौं महानगरपालिकाभित्र ६ सय खोप केन्द्र सञ्चालन गरिएका छन्।महानगरले आफू मातहत रहेका सबै विद्यालयलाई टाइफाइडविरूद्ध...
टाइफाइडविरूद्ध खोप लगाउन काठमाडौंमा ६ सय केन्द्र
तस्वीर: रासस

काठमाडौं, चैत २५ : बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन काठमाडौं महानगरपालिकाभित्र ६ सय खोप केन्द्र सञ्चालन गरिएका छन्।

महानगरले आफू मातहत रहेका सबै विद्यालयलाई टाइफाइडविरूद्ध खोप अभियानमा सहयोग गर्न आग्रहसमेत गरेको छ। चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन हुने महानगरको शिक्षा विभागले बताएको छ। यस अभियानमा १५ महिना उमेरदेखि १५ वर्ष उमेरभित्रका बालबालिकाले खोप लगाउन पाउँछन्।

Hardik ivf

महानगरको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सामुदायिक र निजी गरी छ सय विद्यालयमा टाइफाइडविरूद्ध खोप लगाउन केन्द्र तोकिएको बताए।

कम्तीमा दुई सय विद्यार्थी भएका प्रत्येक विद्यालयमा खोप केन्द्र सञ्चालन गर्ने तयारी छ। सहरी स्वास्थ्य केन्द्रबाट खोप केन्द्रका लागि स्वास्थ्यकर्मी खटिनेछन्।

नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ।

नेपालमा अझै पनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहमा देशैभर अभियानमार्फत सञ्चालन गरी त्यसपछि नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर उपलब्ध गराइने भएको छ। (रासस)

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्