Kathmandu Press

बैंकिङ कसुरमा दोषी युवक पक्राउ

काठमाडौं, चैत २५ : बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार रहेका एक जनालाई प्रहरीले काठमाडौंको भीमसेनगोलाबाट...
बैंकिङ कसुरमा दोषी युवक पक्राउ

काठमाडौं, चैत २५ : बैंकिङ कसुरमा दोषी ठहर भई लाखौँ जरिवाना र कैद सजाय तोकिए पनि फरार रहेका एक जनालाई प्रहरीले काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको छ।

उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा ३६ लाख जरिवाना र सात दिन कैद हुने ठहरपछि फरार रहेका मकवानपुरको हेटौंडा घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३८ वर्षीय रगुन खड्कालाई प्रहरीले पक्राउ गरेको हो।

Hardik ivf

उनले पीडितलाई न्यूरोडको महालक्ष्मी विकास बैंकको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए। उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्याएर चेक दिएकोमा चेकमार्फत भुक्तानी हुन नसकेको ठहर गर्दै अदालतले गत वर्ष उक्त जरिवाना र कैद सुनाएको थियो।

त्यसपछि फरार हुँदै आएका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास गर्न परिचालित टोलीले काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरेको हो। (रासस)

प्रकाशित मिति: ०७:०२ बजे, शुक्रबार, चैत २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्