Kathmandu Press

सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

राजविराज, असोज २३ : सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जन....

सप्तरीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सांकेतिक

राजविराज, असोज २३ : सप्तरीको खड्क नगरपालिका– ८ स्थित बिसनपुर चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।  

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ६८ प ६८८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ६ प ५८५३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

दुर्घटनमा बा ६८ प ६८८७ नम्बरको मोटरसाइकलमा सवार सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपराका २७ वर्षीय अरविन्द चौधरी र ज ६ प ५८५३ नम्बरको मोटरसाइकलमा सवार खड्क नगरपालिका–६ बिसनपुरका २८ वर्षीय अनबारुल अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

दुर्घटनामा घाइते भएका चौधरी र अन्सारीको उपचारका लागि राउ स्मारक अस्पताल लहान सिरहामा भर्ना गरेपनि उपचारका क्रममा उनीहरुको बिहीबार दिउँसो मृत्यु भएको प्रहरी नायब उपरीक्षक भारतीले बताए।

दुर्घटनामा परी घाइते भएका सप्तरीको सुरुङ्गा नगरपालिका– १ पिपराका १८ वर्षीय देवानन्द चौधरी र खड्क नगरपालिका– ६ बिसनपुरका ४० वर्षीय मोहम्मद किसुधीनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:०९ बजे, बिहीबार, असोज २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्