Kathmandu Press

पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिन हरसिद्धिको नाच प्रस्तुत गरिने

काठमाडौँ, चैत २४ : पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ।श्री श्री श्री...
पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिन हरसिद्धिको नाच प्रस्तुत गरिने

काठमाडौँ, चैत २४ : पशुपति क्षेत्रमा शुक्रबारदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन गरिने भएको छ।

श्री श्री श्री हरसिद्धि (जलद्योः) नाच मूल समितिले आज जयवागेश्वरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा तीन दिनसम्म नाचसहित परम्परागत नाटक प्रदर्शन गर्न लागिएको जानकारी गराइएको छ। जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण आउने जानकारी गराइएको छ। देवगणलाई चावहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको मूल समितिका संयोजक दिलीप वैद्यले जानकारी दिए।

Hardik ivf

हरसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु भएर उनकै पालामा रोकिएको थियो। विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको तथ्य विभिन्न भाषा वंशावलीमा पाइने पशुपति क्षेत्रको संस्कृतिका ज्ञाता मुकुन्दराज वैद्यले बताए। अमर मल्लले सुरु गरेपछि पनि बीचमा यो नाच रोकिएको थियो। जसलाई राजा प्रताप मल्लले फेरि सुरु गरेका हुन। विसं २०६६ अघि पनि करिब आधा शताब्दी जात्रा लोप भएको थियो।

हरसिद्धिका स्थानीयवासी धर्मगोविन्द महर्जन पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका स्थानीयवासीबीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउछन। तीनै वटा पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु भएको हो। जात्रा सुरु भएको इतिहासअनुसार करिब दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटक परम्परा रहेको पुष्टि हुने पनि संस्कृतिविद् वैद्यले बताए। जात्रा चैत २५ गते पशुपति आई २७ गते बिदा हुने जनाइएको छ। जात्राका लागि २० लाख बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आवश्यक बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइने भएको छ।

प्रकाशित मिति: १८:५८ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्