Kathmandu Press

बुढानीलकण्ठमा कांग्रेसद्वारा आयाेजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय जना लाभाम्वित

काठमाडाैं, चैत २४ : स्वार्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको सम्झनामा बिहीबार बुढानीलकण्ठ नगरपालिका–४ मा आयाेजित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। शिविरमा चार...
बुढानीलकण्ठमा कांग्रेसद्वारा आयाेजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय जना लाभाम्वित

काठमाडाैं, चैत २४ : स्वार्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको सम्झनामा बिहीबार बुढानीलकण्ठ नगरपालिका–४ मा आयाेजित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ। शिविरमा चार सय जनाले स्वास्थ्य जाँच गराएका छन्।

नेपाली कांग्रेस बुढानीलकण्ठ नगर समितिको आयोजना र गिरिजाप्रसाद कोइराला फाउण्डेशनको सह आयोजनामा राखिएकाे शिविरमा होलबडी स्वास्थ्य जाँच गरिएकाे थियाे।

Hardik ivf

शिविरमा जनरल मेडिकल, शल्यक्रिया, नाक–कान–घाँटी, बाल रोग, हाडजोर्नी, नशा रोग, स्त्री रोग, छाला रोग, आँखा र दन्त रोग जाँचका साथै ईसीजी, भिडियो एक्सरे र ल्याब टेष्ट पनि नि:शुल्क गरिएकाे थियाे।

वडा नम्बर ४ वडासदस्य श्रीराम केसीका अनुसार कार्यक्रममा काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा उपलब्ध गराएका थिए।

कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ५ का सभापति  श्यामबहादुर खड्का, कांग्रेस क्षेत्र नम्बर ५ (ख)का सभापति तथा ४ नम्बर वडाध्यक्ष राजु खड्का र वडा नम्बर ४ का कांग्रेस सभापति श्याम खड्कालगायतको उपस्थिति रहेको थियो।

 

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्