Kathmandu Press

नेपालको हितलाई केन्द्रमा राखेर चीनसँग साझेदारी हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौं, असोज २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक....

नेपालको हितलाई केन्द्रमा राखेर चीनसँग साझेदारी हुन्छ: प्रधानमन्त्री ओली
फाइल

काठमाडौं, असोज २३ : प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने बताएका छन्। 

सी भ्रमणकोे पूर्वसन्ध्यामा बिहीबार पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र मामिलाका जानकारहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रही आएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाईमा पु¥याउने विश्वास व्यक्त गरेका हुन्। 

नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर चीनसँग आर्थिक साझेदारीका विषयमा छलफल हुने बताउँदै उनले केरुङ–काठमाडौं रेलमार्ग निमार्णको लगानीको ढाँचाबारेसमेत छलफल गरिने जानकारी दिए। 

‘हामी दीर्घकालीन हित र आवश्यकताका विषयमा पनि चीनसँग छलफल गर्छाैं तर तत्कालीन आवश्यकता र सहकार्यका विषयलाई पनि उत्तिकै महत्व दिन चाहान्छौँ,’ उनले भने। 

प्रधानमन्त्री ओलीले विदेश मामिलामा नेपालको नीतिमा अहिले सबैभन्दा स्पष्टता भएको पनि बताए। विदेश तथा छिमेक मामिला सम्बन्धि नीतिमा नेपालले सन्तुलनका तीन आधार तय गरेर अघि बढेको प्रधानमन्त्रीले बताए। 

‘राष्ट्रिय हित, सम्बन्धको न्यायोचितता र अन्तर्राष्ट्रिय विश्वसनीयता हाम्रो परराष्ट्र मामिलाको सन्तुलनका आधार हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘विदेश मामिलामा हामी अहिले इतिहासकै सबैभन्दा बढी स्पष्टताका साथ अघि बढेका छौं, कुनै अस्पष्टता छैन।’ 

प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, असोज २३, २०७६