Kathmandu Press

रत्नपार्कका स्वरोजगार श्रमिकमाथि महानगरले ज्यादती गरेको गुनासो

काठमाडाैं, चैत २४ : नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरुमाथि ज्यादती गरेको गुनासो गरेको छ।बिहीबार काठमाडौंमा...
रत्नपार्कका स्वरोजगार श्रमिकमाथि महानगरले ज्यादती गरेको गुनासो

काठमाडाैं, चैत २४ : नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरुमाथि ज्यादती गरेको गुनासो गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले काठमाडौं महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

Hardik ivf

कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटले आँफैले रोजगारी सिर्जना गरेर सटर तथा सडक व्यापार गरेका श्रमिकहरुलाई राज्यले पटकपटक धरपकड गर्न खोज्नु दुःखद रहेको बताए।

उनले सरकारले श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने बताए।

यस्तै, उनले काठमाडौं महानगरपालिका र ठेकेदारले व्यापारीहरुलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे। कोरोनाले थलिएका व्यापारीहरुलाई सरकारले राहत दिनुपर्ने ठाउँमा उल्टो सिध्याउन खोजेको उनको भनाइ छ। 

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्