स्याङ्जामा एक युवकको हत्या
वालिङ, असोज २३ : स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा एक युवकको हत्या भएको छ।
६ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्द....

वालिङ, असोज २३ : स्याङ्जाको हरिनास गाउँपालिका– ५ बलिथुममा एक युवकको हत्या भएको छ।
६ जनाको समूहमा आएका युवाको आक्रमणबाट अन्दाजी २७ वर्षीय महेन्द्रबहादुर आलेको घटनास्थलमै मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए।
इलाका प्रहरी कार्यालय चिसापानीबाट गएराति नै घटनास्थलमा पुगेको प्रहरी टोलीले हत्यामा संलग्नमध्ये पाँच जनालाई पक्राउ गरिसकेको छ। घटनामा संलग्न अन्य एक जनाको खोजी भइरहेको गाउँपालिकाका अध्यक्ष मानन्धरले बताए।
हत्याको कारण भने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, असोज २३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











