Kathmandu Press

बर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना

हेटौंडा, चैत २४ : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा बर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ।उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी...
बर्डफ्लु नियन्त्रण गर्न चेकपोष्ट स्थापना
Hardik ivf

हेटौंडा, चैत २४ : मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा बर्डफ्लु रोग नियन्त्रण गर्न चेकपोष्ट स्थापना गरिएको छ।

उक्त चेकपोष्टको आज बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईंले उद्घाटन गरिन्। 
  
कुुखुरामा  बर्डफ्लु रोग देखिएपछि त्यसको रोकथामका लागि चेकपोष्ट स्थापना गरिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ।

सो अवसरमा मन्त्री हुमागाईंले बर्डफ्लु रोगका कारण कुखुरा व्यवसायी समस्यामा परेको उल्लेख गर्दै उक्त रोग नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए।
 
कार्यक्रममा  निर्देशनालयका निर्देशक मुगलप्रसाद शाह, मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद गैरेलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्