Kathmandu Press

देशभरि थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत २४ : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ७...
देशभरि थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, चैत २४ : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ८ सय १९ पिसिआर परिक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको र १ हजार ८ सय ४९ एन्टीजेन परीक्षण गर्दा कसैको पनि कोरोना रिपोर्ट पोजेटिभ नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार बिहीबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन। त्यस्तै थप २५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय ४७ जना निको भएका छन्।

हाल नेपालमा ७ सय ४७ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १५:५४ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्