Kathmandu Press

प्रहरी हिरासतमा रहेका महरा अस्पताल भर्ना

काठमाडौं, असोज २३ : यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ। 

स....

प्रहरी हिरासतमा रहेका महरा अस्पताल भर्ना
फाइल

काठमाडौं, असोज २३ : यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ। 

स्थ्यमा समस्यामा आएपछि महरालाई बिहीबार थपाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो। उच्च रक्तचापका बिरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएपछि हिरासतबाट नर्भिक अस्पताल भर्ना गरिएको प्रहरी उच्चस्रोतले जनाएको छ। 

नर्भिक अस्पताल लैजानुअघि महरासँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो। निवर्तमान सभामुख महरा संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा असोज १९ गते पक्राउ गरी सिंहदरबारस्थित प्रहरी वृत्तमा राखिएको थियो। 

हिरासतमा रहँदा स्वास्थ्यमा समस्या आएपछि महराको उपचारका लागि एक जना चिकित्सक खटाइएको थियो।  संसद सचिवालयमा कार्यरत कर्मचारी शाहीले आफूमाथि महराले बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। उनको जाहेरी परेपछि प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो।  
 

प्रकाशित मिति: १४:०८ बजे, बिहीबार, असोज २३, २०७६