Kathmandu Press

जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अध्ययन 

काठमाडाैं, चैत २४ : त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एसियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको  सहकार्यमा अनुसन्धान सुरु गरेको छ।वातावरणीय...
जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अध्ययन 

काठमाडाैं, चैत २४ : त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागले दक्षिण एसियाको जलवायु परिवर्तनमा घरपरिवारको अनुकूलन क्षमताबारे अन्य मुलुकसँगको  सहकार्यमा अनुसन्धान सुरु गरेको छ।

वातावरणीय परिवर्तन एक विश्वव्यापी प्रमुख समस्या भइरहेका बेला सुरु गरिएको अनुसन्धानले सो विषयमा प्राकृतिक र सामाजिक विज्ञानको एकीकृत अवधारणा संश्लेषण गरेर नीतिगत ज्ञान र सुझाव तयार गर्ने विभागका प्रमुख प्रा.डा. प्रेमसागर चापागाईंले जानकारी दिए। 

Hardik ivf

चीनको गैरनाफामूलक संस्था एलायन्स अफ इन्टरनेसनल साइन्स अर्गनाइजेसन (आन्सो) को सहयोगमा तीन वर्ष लगाएर गरिने अध्ययनका सम्बन्धमा जानकारी दिन विश्वविद्यालयमा आयोजित छलफल कार्यक्रममा उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले अनुसन्धानमा आधारित अध्यापनका लागि यो अध्ययन महत्वपूर्ण र नमुना हुने बताए। 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पिताम्बर शर्मा, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. भीमप्रसाद सुवेदीलगायतले अनुसन्धान परियोजनाका लागि सुझाव दिएका थिए।

जलवायु परिवर्तनले हिमाली मुलुकमा पारिस्थिक प्रणाली, मानव जीवन र जीवनयापनलाई बढी असर पारिरहेको छ भने जटिल भूबनोट र जैविक विविधतायुक्त नेपालमा यस्तो जोखिम बढी हुन सक्ने देखाइएको छ।

पृथ्वीको तापक्रम बढ्नुमा नेपालको कुनै भूमिका नभए पनि त्यसको असर नेपालले पनि भोग्नुपर्नेछ।

प्रकाशित मिति: १४:३४ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्