Kathmandu Press

राप्रपा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

काठमाडाैं, चैत २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ। उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही चैत २५...
राप्रपा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न

काठमाडाैं, चैत २४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै प्रदेशमा विस्तारित बैठक सम्पन्न गरेको छ। उक्त बैठक सकिएलगत्तै बागमती प्रदेश कार्यसमितिले यही चैत २५ गते काठमाडौँमा आमसभा गर्ने भएको  छ।

चुनावी प्रचारप्रसारका लागि देशका विभिन्न स्थानमा राजनीतिक गतिविधि सञ्चालन गरिएको पार्टीका महामन्त्री भुवन पाठकले जानकारी दिए। पार्टीका सबै जनवर्गीय सङ्गठनलाई चुनावी प्रचारका साथै सङ्गठन विस्तारको जिम्मेवारी दिइएको छ।

Hardik ivf

पार्टीले सबै जिल्लामा सभा तथा जिल्लास्तरीय बैठक गर्ने कार्यतालिकाअनुसार यही चैत २६ गते झापाको दमक, २७ गते मकवानपुरको हेटाैंडा, २८ गते बाराको कलैया र २९ गते पर्साको वीरगञ्जमा सभा  गरिने भएको  छ।

यी सबै सभामा केन्द्रीय अध्यक्ष, शीर्षनेताको सहभागिता हुने बताइएको छ। अधिकांश जिल्लामा बैठक तथा सभा सम्पन्न भएका छन्।

स्थानीय तहको चुनावमा कुनै पनि दलसँग सहकार्य नगरी एक्लै प्रतिस्पर्धा गर्ने पार्टीले देशभर उम्मेदवार छनोट गरिरहेको छ।

पार्टीको स्थानीय तहको सङ्गठनलाई  स्वच्छ छवि भएका, सङ्गठनप्रति समर्पित, स्थानीय जनताको मन जितेर लोकप्रिय बनेका, निर्वाचनमा विजय हुने सम्भवाना बोकेका नेतालाई उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गर्न जिम्मेवारी प्रदान गरिएको नेता सुन्दर पाण्डेले जानकारी दिए। यही चैत मसान्तभित्र उम्मेदवारको टुङ्गो लगाउने जनाइएको छ।

प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्