Kathmandu Press

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

बन्दीपुर, असोज २३ : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भए....

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते
सांकेतिक

बन्दीपुर, असोज २३ : तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा अन्य दुई जना घाइते भएका छन्।

मुग्लिङबाट डुम्रेतर्फ आउँदै गरेको बा १८ च ५३१६ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर ३–००–०१ प ८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३० वर्षीया शोभा धितालको मृत्यु भएको हो।

दुर्घटनामा शोभाका श्रीमान ३६ वर्षीय सुरज धिताल र  छोरा ९ वर्षीय अर्पण धिताल घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। दुर्घटनामा घाइते भएकी शोभाको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको हो। 

दुर्घटनामा घाइते सुरज र अर्पणको पनि सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:५२ बजे, बिहीबार, असोज २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्