Kathmandu Press

धादिङमा बस दुर्घटना हुुँदा १५ जना घाइते

धादिङ, चैत २४ : धादिङमा बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन्।काठमाडौंबाट धादिङबेंसीका लागि छुटेको बा५ख ७४ नम्बरको बस आज (बिहीबार) बिहान...
धादिङमा बस दुर्घटना हुुँदा १५ जना घाइते

धादिङ, चैत २४ : धादिङमा बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन्।

काठमाडौंबाट धादिङबेंसीका लागि छुटेको बा५ख ७४ नम्बरको बस आज (बिहीबार) बिहान थाक्रे गाउँपालिका-७ जुंगेखोलास्थित सडकमा पल्टिएको प्रहरीले जनाएको छ।।

प्रहरीका अनुसार  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ। उनीहरूलाई प्राथमिक उपचारपछि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको छ। अन्यको अवस्था सामान्य रहेकाले शिवदर्शन अस्पताल धार्केमा उपचार भइरहेको जनाइएको छ।

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्