Kathmandu Press

ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

काठमाडौं, चैत २४ : ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

बुधबार बेलुकी बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछापको मन्थली नगरपालिका पुराना गाउँकी विमला पुरीका दुई वर्षीय छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हो। उनीहरु ललितपुरको लुभुमा बस्दै आएका थिए।

कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:३२ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्