Kathmandu Press

च्याम्पियन्स लिगमा भिल्लारियलले बायर्नलाई हरायो

काठमाडौं, चैत २४ : च्याम्पियन्स लिगमा अर्को स्पेनिस क्लब भिल्लारियल विजयी भएको छ।घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा भिल्लारियलले जर्मन क्लब बायर्न म्युनिखमाथि...
च्याम्पियन्स लिगमा भिल्लारियलले बायर्नलाई हरायो

काठमाडौं, चैत २४ : च्याम्पियन्स लिगमा अर्को स्पेनिस क्लब भिल्लारियल विजयी भएको छ।

घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेगमा भिल्लारियलले जर्मन क्लब बायर्न म्युनिखमाथि १-० को जित निकालेको हो।

खेलको आठौं मिनेटमा अर्नाउत डेन्मुमाले गोल गर्दैै बलियो बार्यनविरुद्ध भिल्लारियनलाई अग्रता दिलाए। उनले ड्यानिअल परेजोको पासमा गोल गरेका थिए।

भिल्लारियलले च्याम्पियन्स लिगको नकआउट चरणमा सन् २००६ पछि पहिलो पटक जितेको हो। यता, जारी प्रतियोगितामा बायर्नको पहिलो हार हो।

खेलमा ६२ प्रतिशत बल पोजेसन बनाउँदै बायर्नले २२ सट प्रहार गरेकोमा ४ सट फ्रेममा थियो। भिल्लारियलले १२ सट प्रहार गरेकोमा १ सटमात्र फ्रेममा थियो।

प्रकाशित मिति: ०६:३६ बजे, बिहीबार, चैत २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्