माओवादी केन्द्रले आँधिखोला गाउँपालिकाको उम्मेदवार टुंगायो
काठमाडौं, चैत २३ : सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले स्याङ्जाको आँधिखोला गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । पालिका कमिटीको बुधबार बसेको बैठकले गाउँपालिका...
काठमाडौं, चैत २३ : सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले स्याङ्जाको आँधिखोला गाउँपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।
पालिका कमिटीको बुधबार बसेको बैठकले गाउँपालिका अध्यक्षमा हरिप्रसाद ढकालको नाम सर्वसम्मत टुंगो लगाएको हो ।
ढकाल माओवादी केन्द्रको खानेपानी तथा सरसफाइ विभागका केन्द्रीय सदस्य समेत हुन् ।
यस गाउँपालिकामा २०७४ सालको निर्वाचनमा एमालेले जितेको थियो ।
प्रकाशित मिति: २०:२५ बजे, बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












