Kathmandu Press

प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र विज्ञसँग छलफल

काठमाडौं, असोज २३ :  चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट....

प्रधानमन्त्री ओलीद्वारा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र विज्ञसँग छलफल

काठमाडौं, असोज २३ :  चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गरेका छन्। 

सी नेपाल भ्रमणमा आउने पक्का भएपछि प्रधानमन्त्री ओलीले छलफलका लागि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुलाई बिहीबार बिहान बालुवाटार बोलाएका हुन्। 

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा प्रस्तुत गर्ने एजेन्डाका विषयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुको राय तथा सुझाव लिएका छन्। साथै छलफलमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको राजकीय भ्रमणबारे औपचारिकरुपमा जानकारी पनि दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपाका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी थिए। 


 

प्रकाशित मिति: १२:०७ बजे, बिहीबार, असोज २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्