Kathmandu Press

‘व्यक्तिगत स्वार्थका लागि गल्ती नगरौँ’

बनेपा, चैत २३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले व्यक्तिगत स्वार्थका लागि जानेर कसैले गल्ति नगर्न आग्रह गरेका छन। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ श्रीखण्डपुरमा आज...
‘व्यक्तिगत स्वार्थका लागि गल्ती नगरौँ’

बनेपा, चैत २३ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले व्यक्तिगत स्वार्थका लागि जानेर कसैले गल्ति नगर्न आग्रह गरेका छन। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ श्रीखण्डपुरमा आज आयोजित कार्यक्रममा उनले अञ्जानमा गरेको गल्तीले माफी पाउनसक्ने भए पनि जानाजान गरेको गल्तीबाट कसैले माफी पाउन नसक्ने उनले बताए।

ठूलो र सानो भनेर भेदभाव नगरी मानवीय सम्मान गर्ने बानीको विकास गर्न उनले सबैमा आग्रह गरे।समाजले साना, कमजोर र अशक्तलाई माया गर्ने संस्कार अझै विकास गर्न सकेको खण्डमा मात्रै जीवन सार्थक हुने भएकाले त्यसतर्फ ध्यान जान आवश्यक रहेको उनको भनाइ छ।

Hardik ivf

अध्यक्ष तिमल्सिनाले निशेषानन्द महाराजले पवित्र ग्रन्थ श्रीमद्भागवत दिग्दर्शन पुस्तकको सरल भाषामा लेखनकार्य गरेर सह्रानीय काम गरेको बताएका छन। कार्यक्रममा पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले पनौतीको वडा नं ५ मा निर्माण गरिरहेको विन्ध्यावासिनी मन्दिरको सम्पूर्ण जिम्मेवारी र रक्षाको काममा नगरपालिकाले जिम्मा लिने बताए।

कार्यक्रममा श्रीमद्भागवत दिग्दर्शन पुस्तक लेखक निशेषानन्द महाराजले प्रकाशित पुस्तक सबैले अध्ययन गर्न आग्रह गरेका छन। विन्ध्यावासिनी आध्यात्मिक प्रतिष्ठानले निर्माण गरिएको विन्ध्यावासिनी मन्दिरमा मूर्ति प्राणप्रतिष्ठा गर्नका लागि चैत १९ गतेदेखि २७ गतेसम्म श्रीदेवी भागवत नवाह ज्ञानमहायज्ञ सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति: २०:०७ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्