Kathmandu Press

हिसानको महाधिवेशन २५ र २६ चैतमा

हिसानको महाधिवेशन २५ र २६ चैतमा

काठमाडाैं, चैत २३ : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ। ‘शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी’ भन्ने मूल नाराका साथ मुलुकभर सञ्चालित निजी शिक्षालयहरुकोे राष्ट्रव्यापी सञ्जाल मानिने सो सङ्घको महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

अधिवेशनका अवसरमा नेपालमा शिक्षाको सबलीकरण र निजी क्षेत्रको योगदान भन्ने विषयमा एक दिवसीय हिसान शिक्षा बहसको कार्यक्रम पनि राखिएको अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए। महाधिवेशनले नेपालभर सञ्चालित निजी शिक्षालयहरुबीचको एकतालाई मजबुत तुल्याउन, निजी शिक्षालयहरुको समस्याहरू पहिचान गरी सामूहिकरूपमा समस्या समाधान गर्न, दबाब समूहका रूपमा कार्य गर्न, नीति निर्माणमा सकारात्मक भूमिका खेल्न तथा शैक्षिक एवं प्राज्ञिक विकासको कार्यमा महत्वपूर्ण योगदान दिनेछ।

Hardik ivf

हाल सञ्चालनमा रहेका निजी लागानीबाट सञ्चालित माध्यमिक विद्यालय शून्य+२ तथा उच्च शिक्षालयहरुको सङ्ख्या एक हजार ९७७ भन्दा बढी पुगिसकेको छ। हाल करिब पाँच लाख ५० हजार विद्यार्थीहरू अध्ययनरत छन् भने दुई लाखभन्दा बढी शिक्षक, प्राध्यापक एवं कर्मचारी प्रत्यक्ष तथा लाखौँले अप्रत्यक्ष रोजगारी पाएका छन्। आठौँ महाधिवेशनमा ३५ जिल्लाका ६०० वटा शिक्षालयबाट प्रतिनिधिको सहभागिता र ५० जना पर्यवेक्षकहरु गरी ६५० जनाको उपस्थिति रहने छ।  

उत्कृष्ट शिक्षा नेपालमै भन्ने नारा साथ उकृष्ट शैक्षिक संस्था र कार्यक्रम हुँदाहुँदै पनि विदेशी शिक्षाको नाममा वार्षिकरूपमा हजारौँ विद्यार्थीहरु बाहिर जाने र अर्बौँ रुपैयाँ बाहिरिरहेको सन्दर्भमा शिक्षालय सञ्चालकहरु र सरकार संवेदनशील हुन जरुरी भएको हिसानले जनाएको छ। अध्यक्ष सिलवालले सरकारले ठोस प्रस्ताव ल्याए आफूहरु सामुदायिक शिक्षा क्षेत्रसँग असल अभ्यास आदानप्रदानका लागि हातेमालो गर्न तयार रहेको जनाए।

प्रकाशित मिति: २०:०० बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्