मृत अवस्थामा फेला
काठमाडौं, चैत २३ : पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दि पुलमुनी कालीगण्डकी नदी किनारमा सोही गाउँपालिका ६ बस्ने ७१ वर्षीय खड्क बहादुर दर्जी बुधबार मृत...
काठमाडौं, चैत २३ : पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दि पुलमुनी कालीगण्डकी नदी किनारमा सोही गाउँपालिका ६ बस्ने ७१ वर्षीय खड्क बहादुर दर्जी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै गोरखाको गोरखा नगरपालिका ६ स्थित बारीको पाटामा सोही नगरपालिका ९ लक्ष्मी बजार बस्ने ४० वर्षीया फूलमाया सिर्मल बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
यता धनुषाको हंसपुर नगरपालिका ५ स्थित गहुँ खेतमा सोही ठाउँ बस्ने १८ वर्षीय विजय महरा बुधबार मृत अवस्थामा फेला परेका छन ।
यस्तै काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका ९ दोलालघाटस्थित इन्द्रावती नदीमा हाल नाम, थर, नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
प्रकाशित मिति: १९:३२ बजे, बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












