Kathmandu Press

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, चैत २३ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-६ बौद्ध बस्दै अाएका सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ लाटेबोटडाँडाका ३३...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, चैत २३ : बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेकाे छ। काठमाडौं महानगरपालिका-६ बौद्ध बस्दै अाएका सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-५ लाटेबोटडाँडाका ३३ वर्षीय बज्र सिंह लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे।

उच्च अदालत पाटनको २०७८ चैत १ गतेको फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो। लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनी उपर उक्त फैसला गरेको थियो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ।

प्रकाशित मिति: १८:४९ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्