देशभरि थप १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, चैत २३ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ३ हजार ३ सय ५८ पिसिआर परिक्षणका क्रममा १०...
काठमाडाैं, चैत २३ : नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको ३ हजार ३ सय ५८ पिसिआर परिक्षणका क्रममा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै बुधबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ५७ जना संक्रमण मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ८ सय २२ जना निको भएका छन्।
हाल नेपालमा ७ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१४ बजे, बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












