राप्रपा केन्द्रीय सदस्य अभिषेक थापाले छाडे पार्टी
काठमाडाैं, चैत २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य अभिषेक थापाले पार्टी छाडेका छन्।उनले राजेन्द्र लिङ्देन नेतृत्वको पार्टीमा विचलन आएको भन्दै आज...
काठमाडाैं, चैत २३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य अभिषेक थापाले पार्टी छाडेका छन्।
उनले राजेन्द्र लिङ्देन नेतृत्वको पार्टीमा विचलन आएको भन्दै आज (बुधबार) साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन्। उनी एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
‘विगत २०६४ सालदेखि राप्रविसको केन्द्रीय सदस्य, राप्रयसको केन्द्रीय सचिव हुँदै हाल राप्रपाको निर्वाचित केन्द्रीय सदस्यसम्म आइपुग्दा पार्टीमा बढ्दै गएको विचलनका कारण राप्रपामा बसिरहन अप्ठ्यारो महसुस भएका कारण आजकै मितिबाट राप्रपाको साधारण सदस्य समेत नरहने गरि केन्द्रीय सदस्यबाट राजिनामा दिएको छु,’ उनले राजीनामापत्रमा लेखेका छन्।
एकता महाधिवेशन अघिसम्म कमल थापा समूहमा रहेको र राप्रपा नेपाल ब्युँतिएपछि उनी पनि त्यतै लाग्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १७:०६ बजे, बुधबार, चैत २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












