मन्त्री श्रेष्ठ चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते
सिन्धुली, चैत २३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले एक मोटरसाइकल चालकलाई ठक्कर दिएको छ।गाडीको ठक्करले मोटरसाइकल चालक दोलखाको...
सिन्धुली, चैत २३ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ चढेको गाडीले एक मोटरसाइकल चालकलाई ठक्कर दिएको छ।
गाडीको ठक्करले मोटरसाइकल चालक दोलखाको बैतेश्वर गाउँपालिका–४ का २५ वर्षीय कृष्णप्रसाद दाहाल घाइते भएको प्रहरीले जनाएको छ। दाहालको हातमा पनि गम्भीर चोट लागेको जनाइएको छ।
काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको मन्त्री श्रेष्ठ चढेको बा २ झ ४१२९ नम्बरको गाडीले सिन्धुलीको सुनकोसी गाउँपालिका–६ घुमाउने चैनपुरमा भएको आज (बुधाबर) बिहान विपरीत दिशाबाट आउँदै गरेको प्र २–०२–ग ९२८६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
घाइते दाहाललाई उपचारका लागि काठमाडौंतर्फ लगिएको सिन्धुली प्रहरीले जनाएको छ। गाडीले ओभरटेक गर्दा विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहर िकार्यालय सिन्धुलीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सिन्धुली प्रहरीले जनाएको छ।












