Kathmandu Press

राखेप सदस्य सचिव घिसिङ सुरू गरे कामकाज

काठमाडाैं, चैत २३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबारबाट राखेप फर्किएका छन्।राखेपको सदस्य सचिवको विवाद समाप्त भएसँगै बुधबार...
राखेप सदस्य सचिव घिसिङ सुरू गरे कामकाज

काठमाडाैं, चैत २३ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ बुधबारबाट राखेप फर्किएका छन्।

राखेपको सदस्य सचिवको विवाद समाप्त भएसँगै बुधबार राखेपमा फर्किएका घिसिङले आफ्नो कामकाज सुरु गरेका हुन्। सर्वोच्च अदालतले मंगलबार तत्कालीन राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति दायर गरेको रिट निवदेन खारेज गरेपछि सदस्य सचिवको विवाद समाप्त भएको हो।

राखेपमा फर्केपछि घिसिङले चालु आर्थिक वर्षभित्र नै राष्ट्रिय खेलकुद आयोजनाको निम्ति प्रयास गर्ने बताए। उनले  राष्ट्रिय खेलकुदका लागि वैशाख ३० गतेसम्मको समयलाई दूरदर्शी योजना तयार गर्न उपयोग गर्ने जिकिर गरे।

त्यस्तै उहाले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागीतालाई बढाउनका लागि आवश्यक ट्रेनिङको व्यवस्था हुनुपर्ने जनाए। उनले समग्र खेलकुदको विकासका लागि सातै प्रदेशसँग छलफल गर्ने जानकारी दिए।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार सदस्यसचिवको बर्खास्ती र नियुक्ति गरेका थिए। 

प्रकाशित मिति: १३:५४ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्