Kathmandu Press

गोरखामा एक महिला मृत फेला

गोरखा, चैत २३ : गोरखामा एक महिला मृत भेटिएकी छन्।ती महिला गोरखा नगरपालिका–९ की ३५ वर्षीया फुलमायाँ सिर्मल रहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी...
गोरखामा एक महिला मृत फेला

गोरखा, चैत २३ : गोरखामा एक महिला मृत भेटिएकी छन्।

ती महिला गोरखा नगरपालिका–९ की ३५ वर्षीया फुलमायाँ सिर्मल रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय गोरखाका अनुसार माइत आएकी उनी आज (बुधबार) बिहान गोरखा–६ भीआईपी टोलनजिकै आलुबारीमा मृत भेटिएकी हुन्।

मृतक महिलाको शरीरमा कुनै चोट नदेखिए पनि घटनास्थलनजिकै रगत भेटिएको हुँदा घटना शंकास्पद देखिएको प्रहरीको भनाइ छ।

मृतकको शव पोस्टमार्टमका लागि गोरखा अस्पताल पठाइएको र थप अनुसन्धान सुरु गरिउको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्