Kathmandu Press

यात्रुमा समस्या देखिएपछि धनगढीबाट काठमाडाैं उडेकाे बुद्धको विमान नेपालगन्जमा अवतरण 

काठमाडौं, चैत २३ : धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि उडान नम्बर २५२...
यात्रुमा समस्या देखिएपछि धनगढीबाट काठमाडाैं उडेकाे बुद्धको विमान नेपालगन्जमा अवतरण 

काठमाडौं, चैत २३ : धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।

एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि उडान नम्बर २५२ एटिआर ७२ को विमान नेपालगन्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको छ। 

Hardik ivf

उक्त वमिान धनगढीबाट ९ बजे उडेको थियो भने साढे ९ बजेतिर नेपालगन्जमा अवतरण गरेको थियो। 

विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो। स्वास्थ्यकर्मीको चेकजाँच गरेपछि र यात्रुले ठिक छ भनेपछि उनी आफन्तका साथ बाहिर निस्किएको कम्पनीले जनाएको छ।

यात्रु लिएर विमान ११ बजे काठमाडौं आइसकेको बुद्ध एयरले जानकारी दिएको छ।

प्रकाशित मिति: १३:२२ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्