Kathmandu Press

नयाँ वर्षको अवसरमा क्यालिफोर्नियामा 'नेपाल डे परेड' हुने

काठमाडौं, चैत २३ : अमेरिकाको क्यालिफोर्नियामा नेपाली नयाँ वर्षको उपलक्ष्यमा 'नेपाल डे परेड' आयोजना हुने भएको छ । एनआरएन युएस पश्चिम तटीय क्षेत्र र क्यालिफोर्निया च्याप्टरले...
नयाँ वर्षको अवसरमा क्यालिफोर्नियामा 'नेपाल डे परेड' हुने

काठमाडौं, चैत २३ : अमेरिकाको क्यालिफोर्नियामा नेपाली नयाँ वर्षको उपलक्ष्यमा 'नेपाल डे परेड' आयोजना हुने भएको छ । 

एनआरएन युएस पश्चिम तटीय क्षेत्र र क्यालिफोर्निया च्याप्टरले विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा नेपाली नँया वर्षको उपलक्ष्यमा क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा 'नेपाल डे परे' आयोजना गर्न लागेको हो।

Hardik ivf

अप्रिल ९ तारीख शनिबारका दिन बिहान ११ बजे सान फ्रान्सिस्कोको फेरी बिल्डिङबाट सुरु भएर सिभिक सेन्टरको युएन प्लाजामा पुगेर कोण सभामा परिणत हुनेछ।

कार्यक्रममा अमेरिकाका विभिन्न राज्यहरुबाट र क्यालिफोर्नियाका विभिन्न सहरहरुबाट हजारौंको संख्यामा सहभागीहरु उपस्थित हुने मूल आयोजक समितीका संयोजक श्रीराम थापाले बताए।

एनआरएनएले विभिन्न स्थानीय संघसंस्थाहरुसंग सहकार्य गरेर आयोजना गरेको कार्यक्रममा प्राय सबै संघसंस्थाहरुको प्रत्यक्ष संलग्नता रहने बताइएको छ।

विभिन्न संस्थाहरुले आफ्नो समुदाय अनुसार विभिन्न जातजाति, भाषा, धर्म र संस्कृति झल्काउने झांकी र भेषभुषा सहित परेडमा सहभागी हुने परेडको संघ संस्था संयोजन समितीका संयोजक उत्तम कार्कीले जानकारी दिए।

कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ३ का विजेता किरण गजमेर, दोहोरी गायक मिलन लामा, गायिका संगिता थापा मगर, गायक उदय भट्टराईलगायत अन्य स्थानीय कलाकारको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रमका संयोजक निर्मल फुयाँलले जानकारी दिए ।

३० डलर प्रवेश शुल्क तोकिएको उक्त कार्यक्रमको टिकट www.tingsnepali.com बाट लिन सकिने आयोजकले जनाएको छ । मुलतः अमेरिकाको क्यालिफोर्नियामा बस्ने नेपालीलाई नेपालसँग जोड्नका लागि कार्यक्रमको आयोजना गरिएको राजन कँडेलले जानकारी दिए। 

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्