Kathmandu Press

बुद्धिजीवी परिषद्मा डा. देवकोटा

बुद्धिजीवी परिषद्मा डा. देवकोटा
Hardik ivf

काठमाडाैं, चैत २३ : एमालेनिकट नेपाल बुद्धिजीवी परिषद्को दसाैं राष्ट्रिय अधिवेशनबाट प्रा.डा. दिनेशचन्द्र देवकोटा चयन भएका छन्। उनको अध्यक्षतामा १३७ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरूपमा चयन गरिएको छ। 

डा. देवकोटा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। कमिटीको उपाध्यक्षमा क्रमशः विधान आचार्य, प्रा कामानन्द देव, कविता लुइँटेल, डा. दीपेन्द्र भण्डारी र राधा अधिकारी, महासचिवमा गजेन्द्र थपलिया, उपमहासचिवमा गोविन्दबहादुर शाही र सुशील विक, सचिवमा क्रमशः कृष्णकुमार लम्साल, डा सुन्दर तिवारी, ऋषि खनाल, टीका ढकाल, डा. दीपेन्द्र श्रेष्ठ, डा अर्जुन सिंह र यज्ञ शर्मा तथा कोषाध्यक्षमा गोपीकृष्ण न्यौपाने चयन भएका छन्। 

यही चैत २० र २१ गते आयोजित अधिवेशनले तीन आयोगमा पनि पदाधिकारी चयन गरेको महासचिव थपलियाले जानकारी दिए। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले गरेका थिए। 

प्रकाशित मिति: ११:५६ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्