Kathmandu Press

पानीमा डुबेर दुई बालिकाको मृत्यु

दमक, असोज २३ : झापा र इलाममा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। 

झापाको शिवसताक्षी नगरपालिका-१ बस्ने नरनाथ राईको ४ बर्षीया छ....

पानीमा डुबेर दुई बालिकाको मृत्यु
सांकेतिक

दमक, असोज २३ : झापा र इलाममा पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। 

झापाको शिवसताक्षी नगरपालिका-१ बस्ने नरनाथ राईको ४ बर्षीया छोरी खानुमा राईको घर नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। पानीमा डुबेकी राईको उद्दार गरी उपचारका लागि लाइफ लाइन अस्पताल दमक भर्ना गरिएको थियो।

तर , उनको उपचारका क्रममा गएराति सवा १ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

उता, इलामको माई नगरपालिका-५ रमितेका जीवन मगरकाे १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको छ।

बुधबार बिहान आफ्नै घरमा बाल्टिनमा राखेको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

प्रकाशित मिति: ११:२६ बजे, बिहीबार, असोज २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्