Kathmandu Press

च्याम्पियन्स लिग : लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

काठमाडाैं, चैत २३ : युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा दुई इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले विजयी भएका छन् । यो जितले...
च्याम्पियन्स लिग : लिभरपुल र म्यान्चेस्टर सिटी विजयी

काठमाडाैं, चैत २३ : युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा दुई इंग्लिस क्लब लिभरपुल र म्यानचेस्टर सिटीले विजयी भएका छन् । यो जितले दुवै टिमको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

लिभरपुलले क्वाटरफाइनल पहिलो लेगमा पोर्चुगिज क्लब बेनफिकालाई उसकै घरमा ३–१ ले हरायो । लिभरपुलका इब्राहिम कोनाटे, साडियो माने र लुइस डियाजले गोल गर्दा बेन्फिकाका डरविन नुनेज गोल गरेका थिए।

बेन्फिकाको मैदानमा १७औं मिनेटमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए। ३४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २–०ले पछि परेको बेन्फिाकाले दोस्रो हाफको सुरुआतमै गोल गर्दै खेलमा फर्कने प्रयास ग¥यो। ४९औं मिनेटमा उसका डार्विन नुनेजले गोल गरेका थिए । तर, ८७औं मिनेटमा  डियाजले गोल गरेपछि लिभपुलले ३–१ले विजयी भयो ।

अर्को खेलमा सिटीले घरमा एटलेटिको म्याड्रिडलाई १–० ले हरायो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७०औं मिनेटमा केभिन डे ब्रुएनाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । उनले फिल फोडेनको पासमा गोल गरेका थिए ।

खेलमा एट्लेटिकोलाई पूर्णरुपमा दबाबमा राखेपछि सिटीले थप गोल गर्न सकेन । उसले ७१ प्रतिशत बल पोजेसन बनाउँदै १५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो । यता, एट्लेटिकोले खेलअवधिभर गोलको अवसर नै सिर्जना गर्न सकेन् ।

प्रकाशित मिति: ०९:४५ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्