Kathmandu Press

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

बैतडी, चैत २३ : बैतडीको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन...
पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको भवन निर्माण

बैतडी, चैत २३ : बैतडीको दुर्गम तल्लोस्वराडका दुई गाउँपालिका पञ्चेश्वर र शिवनाथले आफ्नो भवन निर्माण गरेका छन् । पञ्चेश्वरले आमचोरामा र शिवनाथले सुल्लेखानमा भवन निर्माण गरेका हुन् ।

चार वर्षसम्म भाडाका घरमा सञ्चालन हुँदै आएका  दुवै गाउँपालिकाको कामकाज प्रशासकीय भवन निर्माणपश्चात सहज भएको छ । भवन निर्माण भएपछि गाउँपालिकाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्नेछ ।

Hardik ivf

पञ्चेश्वर गाउँपालिकाको १६ कोठे भवन महादेव कन्सट्रक्शनले करिब रु दुई करोडको लागतमा निर्माण गरेको हो । यस्तै शिवनाथको पनि सोही परिमाणको लागतमा भवन निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷७६ को गाउँसभाबाट कार्यालय भवन निर्माणका लागि रु दुई करोड विनियोजन गरिएको थियो । विसं २०७६ मा ठेक्कामार्फत भवन निर्माण थालिएको हो ।  

स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको आफ्नो भवन नहुँदा समस्या भइरहेकामा अब त्यो समस्या समाधान भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। भवन निर्माणसँगै सेवा सुरु गरिएको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दले जानकारी दिए।

भवन निर्माण गरी सञ्चालनमा आएपछि सेवाप्रवाहमा सहजता आएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताए। 

प्रकाशित मिति: १०:४८ बजे, बुधबार, चैत २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्