Kathmandu Press

मधेश प्रदेशमा थप ११ दिन सार्वजनिक बिदा

काठमाडाैं, चैत २२ : मधेश सरकारले २०७९ सालकाे सार्वजनिक बिदा सूची सार्वजनिक गरेकाे छ। संघीय सरकारले दिएको सार्जनिक बिदा बाहेक थप ११ दिन...
मधेश प्रदेशमा थप ११ दिन सार्वजनिक बिदा

काठमाडाैं, चैत २२ : मधेश सरकारले २०७९ सालकाे सार्वजनिक बिदा सूची सार्वजनिक गरेकाे छ। संघीय सरकारले दिएको सार्जनिक बिदा बाहेक थप ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेकाे हाे।

प्रदेशमा मनाइने विभिन्न पर्व, दिवसकाे अवसरमा मधेश सरकारले बिदा दिने निर्णय गरेकाे हाे। अब माओवादी जनयुद्ध दिवसका दिन फागुन १ गते पनि मधेश प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ।

Hardik ivf

त्यस्तै, आगामी वैशाख २ गते सिरुवा पर्व, वैशाख २७ गते जानकी नवमीको बिदा दिएकाे छ।

यस्तै, छठ पर्वको भोलिपल्ट कात्तिक १४ गते सोमबार, विवाहपञ्चमीका दिन मंसिर १२ गते सोमबार, मधेश बलिदानी दिवस मनाउन माघ ५ गते बिहीबार, जनयुद्ध दिवस मनाउन फागुन १ गते, होली पर्वको भोलिपल्ट फागुन २४ गते बुधबार र चैत १६ गते बिहीबार रामनवमीको बिदा दिएको छ।

तीन दिन मुस्लिम धर्माबलम्बीका लागि बिदा छुट्टयाइएको छ। इस्लाम धर्माबलम्बीहरुहरुको पर्व बकर इद (इद उल अजहा), इद (इद उल फित्र) र पैगम्बर महम्दको जन्म दिनमा विदा दिने प्रदेश सरकारले जनाएको छ।

प्रकाशित मिति: २०:३२ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्